२०८३ बैशाख ७ गते सोमबार। 

लाल बिहारी यादब, लहान-सिरहा।

सिरहाको लहान नगरपालिका वडा न २४ मा वृद्धाश्रमको स्थापना हुने भएको छ। "स्नेह वृद्धाश्रम"नामबाट संचालित यस आश्रमको शिलान्यास मिति २०८३ वैशाख ७ गते भएको हो। मुक्ति नेपालको सिरहा उपाध्यक्ष रिता महतोको अगुवाई, लहान नगरपालिकाले उपलब्ध गराईएको लनपा वडा नं २४ गोविन्दपुर स्थित नव नामाकरणीय टोल पुल्चोकको ऐलानी ज.बी.१० कट्ठा जग्गामा पुर्वाधार विकास सिरहाको २५ लाखको लगानीमा भवन बन्न लागेको यस आश्रम को शिलान्यास लहान नगरपालिकाको नगर प्रमुख महेश प्रसाद चौधरीले गरेका हुन्।

daf69017f6dc2db4f2e4cc2631e171b4

"जेष्ठ नागरिकको सम्मान तथा सेवा गर्ने आफ्नो धेरै पहिले देखि नै इच्छा थियो। त्यसकारण म यस कार्यमा धेरै पहिले देखि नै संलग्न छु। यहाँ वृद्धाश्रम स्थापनार्थ भवन निर्माण कार्यको शिलान्यास भयो। म असाध्यै खुशी छु।" वृद्धाश्रमका अध्यक्ष रिता महतोले भनिन्। वृद्धाश्रम संचालन खर्च कहाँबाट र कसरी जुटाउनुहुन्छ भने प्रश्न गर्दा अध्यक्ष महतोले आफु त्यसको लागि दाताहरु खोज्न जुटिसकेको र दाताहरु सहयोग गर्न तयार हुने कुरामा आफु विश्वस्त रहेको वताईन्।आवश्यक परे भिक्षा मागेर भए पनि वृद्धाश्रम खर्च जुटाउन आफु तयार रहेको कुरा प्रष्टयाइन्।

IMG_20260420_101146

वृद्धाश्रममा कुन ठाउँका र कस्तो वृद्धहरूलाई राख्ने योजना छ भन्ने प्रश्न तेर्साउँदा अध्यक्ष महतोले यस आश्रममा छोरा र छोराबुहारीले सेवा दिन नचाहने वा छोराछोरी नरहेका देशैभरिका वृद्ध वृद्धालाई राख्न सकिने कुरा वताईन् ।

११ सदसीय कार्यसमिति रहेको उक्त वृद्धाश्रम समितिको उपाध्यक्ष संजय अग्रवाल र थप २ जना आजीवन सदस्य रहेका छन्। आजै करिब डेढ दर्जन वृद्धालाई गम्छा ओढाई सम्मान गरिएको छ।